१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

यसपालिको तिहारमा झण्डै १ अर्ब रुपैयाँको मात्रै भाइमसला आयात



काठमाण्डौ ।

यसपालिको तिहारमा झण्डै १ अर्ब रुपैयाँ बराबरको भाइमसला आयात भएको छ । अघिल्ला वर्षहरूमा झण्डै ६ अर्ब रुपैयाँ बराबरको भाइमसला आएको भए पनि यो वर्ष भने एक अर्ब रुपैयाँ बराबरको मात्रै आयात भएको नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा भाइमसलाका सामग्रीहरू भारत, चीन, इण्डोनेसियालगायत देशबाट आयात हुने गर्छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष भाइमसलाको कारोबार र आयात दुवै घटेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यो वर्ष कारोबार पनि आधा नै घटेको छ । भाइमसलामा प्रयोग हुने सामग्रीमध्ये ८५ प्रतिशतभन्दा धेरै विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।

विदेशबाट आयात कम भए पनि यो वर्ष भाइमसलाको मूल्य भने घटेको व्यवसायीहरूले बताएका छन् । कोरोना सङ्क्रमणका कारण आयात र कारोबार कम हुँदा पनि भाइमसलाको मूल्य घटेको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७७ आइतबार ००:००  ११ : ४० बजे