१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विप्लव माओवादीले संखुवासभामा १२ राउण्ड हवाइ फायर गरेपछि…



संखुवासभा ।
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संखुवासभामा १२ राउण्ड हवाइ फायर गरेको छ । सोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले जिल्लाको चैनपुर भन्ने स्थानमा १२ राउण्ड हवाइ फायर गरेको जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले रातोपाटीलाई जानकारी दिए । विप्लव समूहले हवाइ फायर गर्नुको कारण खुल्न सकेको छैन ।

यद्यपी अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको दुई वटा टोली सर्च अपरेशनका लागि घटनास्थलतर्फ लागेको बुढाले जानकारी दिए । सरकारले विप्लवको पार्टीले हिंसात्मक गतिविधि गर्न थालेपछि प्रतिबन्ध लगाएको थियो भने त्यसयता सो पार्टीका नेता कार्यकर्तालाई धरपकडको नीति अख्तियार गर्दै आएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७ सोमबार ००:००  ५ : ४८ बजे