१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

भाइटिकाको दिन दुर्घटनाः बहिनीको मृत्यु, दाइ घाइते



दाङ ।

रेडियो हम्रो पहुँच तुलसीपुरमा कार्यरत सञ्चारकर्मी तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी २२ बर्षीया मनिषा लामिछानेको मृत्युु भएको छ । स्कारपीयो गाडीको ठक्करबाट लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरको गुल्म जाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकल लाई लुअअक ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए ।

मनिषाको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको हो । घाइते मनिषाका दाइको अहिले कोहलपुरमै उपचार भइरहेको छ । भाइटिका लगाएर रेडियोमा पुर्‍याउन फर्किने क्रममा दुर्घटना भएको जनाइएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७ मंगलबार ००:००  ६ : २१ बजे