महासंघको चुनावी माहोल आफनो पक्षमा भएको भट्टराईको दाबी


मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको शनिबार बसेको नियमित वैठकले महासंघको आसन्न निर्वाचनको रणनीतिबारे आवश्यक छलफल गरेको छ । संघले निर्वाचनको तयारीका लागि विभिन्न शाखामा भेटघाट गरेको र आफनो चुनावी प्रचार प्रसारलाई व्यापक बनाएको बताएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराईलाई शाखाले खुला तर्फ केन्द्रिय सदस्य पदमा उम्मेदवारी बनाएपछि देशव्यापी प्रचार प्रसारमा जुटेको हो ।

मंसिर ११ देखि १३ गते हुने महासंघको ५४ औं साधारण सभा र निर्वाचनका लागि मेची महाकाली र पहाडी जिल्लाका शाखामा पुगेर आफनो पक्षमा मतदान गर्न सवैलाई आग्रह गरेको शाखाले जनाएको छ । आफनो समूह सक्षम र शसक्त भएको साथै साना, मझौला र ठुला व्यवसायीको हकहित र संरक्षणमा सिंगो टिम लाग्ने भएकाले निर्वाचनको माहोल बनेको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो । उहाँले महासंघमा कपिलवस्तु जिल्लको विगतको नकारात्क छाप र गलत कुरालाई आफुले यस अवधीमा मेटाएको समेत बताउनुभयो । केन्द्रिय नेतृत्वसंग कपिलवस्तु उद्योग वाणिज्य संघको भूमिका सुदृढ, प्रभावकारी र निकट बनाएकाले आफनो पक्षमा राम्रो माहोल बनेको अध्यक्ष पौडेलले बताउनुभयो । पुर्व पश्चिमका शाखाहरुसंग आफुले प्रत्यक्ष भेट गर्दा चुनावी नतिजा आफनो पक्षमा आउने कुरामा धेरै आशावादी भएको उम्मेदवार भट्टराईको दावी छ ।

भ्रमणका क्रममा संघका सल्लाहकार गणेश बहादुर क्षेत्रीले चुनाव जित्ने कुरामा विश्वस्त हुदै विभिन्न तवरले निर्वाचनमा अझै आ आफनो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो । वैठकमा संघका प्रमुख सल्लाहकार विष्णु प्रसाद न्यौपानेले शाखाको पहिचान यस कार्यकालमा धेरै माथि उठेको र नेतृत्वले केन्द्रको विश्वास जितेको कुराले आफु धेरै खुशी भएको भन्दै अध्यक्षलाई धन्यवाद समेत दिनुभयो । वैठक संघका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता तथा महासचिव लक्ष्मण अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस