मंसिर ९ देखि मंगलबार बजार बन्द हुने


कपिलवस्तु ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आजै वसेको बैठकले नगरक्षेत्र भित्र चाडपर्वका अवसरमा खुलाइएको मंगलबार बजार पुन बन्द गर्ने निर्णय गरेको छ । संघले चाडपर्वका अवसरमा साप्ताहिक मंगलबार बजार खुला गरेको भएपनि आउदो मंसिर ९ गतेदेखि बजार बन्दलाई निरन्तरता दिने भएको छ ।

साथै संघले वाणगंगा नगर क्षेत्र भित्र नगरको सौन्दयर्ता नै विग्रिने गरी अव्यवस्थित रुपमा विना दर्ता संचालन भइरहेको व्यवसायहरुलाई समेत व्यवस्थित गर्ने निर्णय गरेको छ । नगरक्षेत्रका मुख्य बजारहरुका सडक पेटीमा, छेउछाउ, सटर अघि ठेलागाडा, झोले पोके, विभिन्न खुद्रा व्यवसायहरु निर्वाध रुपमा संचालन भइरहेको हुँदा ती सवै व्यवसायलाई व्यवस्थित र दर्ता गरी उपर्युक्त स्थानमा संचालन गर्नका लागि वाणगंगा नगरपालिका र इलाका प्रहरी कार्यालय पिपरा संग आवश्यक सहकार्य गर्ने जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस