सांसद पन्थीको पहलमा निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान


मायादेवी अनलाइन, कपिलवस्तु ।

लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीको पहलमा आफनो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्लाका बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउपालिकाका सामुदायिक बिद्यालयहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको हो । स्वास्थ्य सामग्री वितरण गर्दै सांसद पन्थीले कपिलवस्तुलाई शैक्षिक हब बनाउनुपर्ने बताउनुभयो । उहाले बाहिरी जिल्लाका विद्यार्थी पढ्न आउने गरी यहाँको शैक्षिक गुणस्तर विकास गर्नुपर्ने बताउनुभयो ।

सांसद पन्थीले विकासको मुल मेरुदण्ड शिक्षा भएकाले जब सम्म शैक्षिक क्षेत्रमा विकास हुन सक्दैन तव सम्म देश विकास हुन नसक्ने दाबी गर्नु भयो । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यालयहरुमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । पठनपाठनमा विद्यार्थीको मनोवल बढाउनको निम्ती विद्यार्थीहरुलाई मास्क र हात धु्ने साबुन वितरण गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कपिलवस्तुका अध्यक्ष रमेश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झबिलाल पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक सगंठनका कोषाध्यक्ष बिष्णु भण्डारी, लुम्बिनी प्रदेश महासघंका उपमहासचिब लिला खनालले सगंठनले गरेको कामको प्रशंसा गर्दै विद्यार्थीको स्वास्थ्य प्रति सचेत रहेकोमा धन्यबाद व्यक्त गर्नुभयो ।

सांसद पन्थीको पहलमा नेपाल राष्ट्रिय शिक्षक सगंठनले साइन रेसुङगा बिकास बैंकको सहकार्यमा २ लाख ५० हजार बराबरको मास्क र साबुन बितरण गरेको हो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सगंठन लुम्बिनी प्रदेशका उपाध्यक्ष जगन्नाथ मरासिनी, नेपाल शिक्षक सघं कपिलबस्तुका अध्यक्ष अफाक अहामद खां, बाणगंगा नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, नेकपा बाणगंगा नगरका अध्यक्ष शकंर पाण्डे लगायतको उपस्थीती रहेको थियो । आजै अधिकांश विद्यालयका प्रअहरुले स्वास्थ्य सामग्री बुझेका छन् भने केहीले लैजाने क्रममा रहेको संगठनका अध्यक्ष रमेश पन्थीले जानकारी दिनुभयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस