नामले हैन कामले अगाडी बढौंः वडा अध्यक्ष क्षेत्री


मायादेवी अनलाइन, जितपुर ।

सिद्धिपुर युथ सोसाइटीले भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध रंगशालामा जितपुरमा यस क्षेत्रका जनप्रतिनिधी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीबीच कार्यक्रम गरेको हो । कार्यक्रमामा बोल्ने वक्ताले भर्खरै स्थापना भएको सिद्धिपुर युथ सोसाइटीलाई समाज रुपान्तरणको लागि अगाडी बढ्न सुझाएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले यस क्षेत्रको विकास एवम् समृद्धीको लागि काम गर्न आग्रह गर्नुभयो । उहाले यस क्षेत्रका स्थानिय तह, विभिन्न संघसंस्था तथा प्रशासनसंग सहकार्यगर्दै अगाडी बढेमा सफल भइने बताउनुभयो । उहाले धनरासी खर्च गरेर मात्र नहुने भन्दै यहाको शिक्षा, स्वास्थ्य, सरसफाइ लगाएतको काममा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष क्षेत्रीले नामले नभइ कामले अगाडी बढ्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष शंकर प्रसाद पौडेल, सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरे, सोसाइटीका सल्लाहकार सिता न्यौपानेले समाजमा रहेका विकृती विसंगतीलाई चिर्दै जनचेतना मुलक कार्यक्रममा गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रम सिद्धिपुर युथ सोसाइटीका अध्यक्ष सुवास पाण्डेको अध्यक्षता, उपाध्यक्षमदन मल्लको स्वागत मन्तब्य र मिडिया संयोजक सबिन रेश्मी मगरको संचालनमा सम्पन्न भएको हो । सामाजिक रुपान्तरणका लागि युवा परिचालन भन्ने मूल नारा सहित स्थापना भएको सिद्धिपुर युथ सोसाइटीले यस क्षेत्रका विकृती विसङगतीको अन्त्य का साथै सिपमुलक तालिममा युवाको सहभागिता गराई उनिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष सुवास पाण्डेले बताउनुभयो । कार्यक्रममा सांस्कृतीक नृत्य मार्फत मनोरञ्जन प्रदान गरिएको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस