६ असार २०८३, शनिबार | Sun Jun 21 2026

६ वर्षीया बालिका मृत्यु प्रकरणः बर्दिबासको शुभम बस्तीमा गोली चल्यो



महोत्तरी ।

बर्दिवास नगरपालिका १४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्या विरोधमा जारी प्रदर्शनमा गोली चलेको छ। प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलायो वा पीडित र आरोपित पक्षमध्ये कसले गोली चलायो भन्नेबारे विस्तृत विवरण आइसकेको छैन।

​शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका९५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ।

पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्‌। पक्राउ परेका शाहको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्‌। प्रहरीका अनुसार खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको थियो।

स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन्‌। हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७ मंगलबार ००:००  २ : ०७ बजे