६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

सबनाम मृत्यु प्रकरणः करणीपछि हत्या भएको परिवारको भनाई, ‘पोष्टमार्टम रिपोर्ट’ अर्कै



मणि प्रसाद गैह्रे, तौलिहवा ।
देशभर लैगिंक हिंसा विरुद्धको १६ दिने अभियन चलिरहदा महिला माथि हुने यौन तथा हिंसाका घटनामा भने कुनै कमी आउन सकेको छैन् । किशोरीलाई बलात्कार पछि हत्या गरिएको आरोप लगाएको यहाँको एक परिवारले न्याय पाएन सकेको छैन् ।

जिल्लाको मायादेबी गाउँपालिका–२ अभिरावको मनखोरिया गाउँमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको परिवारको आरोप लागेको छ । गत कार्तिक २९ गते राति १७ वर्षीया सबनाम खातुनको सामूहिक बलात्कारपछि पासो लगाई हत्या गरिएको मृतकको परिवारको आरोप छ ।

स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ वर्षीय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफ्नो छोरीको बलात्कार पछि हत्या गरेको मृतकका बुवा अब्दुल गफ्फारले आरोप लगाएका छन् । एक जना महिलाले रातमा छोरीलाई बलाएको र सेटिग मिलाएर घटना गराइ मारेर मात्र रुखमा लगेर झुण्डाएको बताए । घर वरिपरिको सबैलाई थाहा छ तर भनेपछि प्रहरीमा आउन जान तथा दुस्मति हुने कारणले कोही नबोलेको बताए ।

गत २९ गते राति घरबाट एकाएक गायब भएपछि बिहान ४ बजे तिर छोरीको शव रुखमा पासो लगाएर झुन्डिएको परिवारले भेटाएको छ । ‘कार्तिक २९ गते राति छोरी गायब भएको थाहा पायौ, रातभरी खोजतलास गर्दा गाउँ कै आपको रुखमा छोरीलाई झुन्डिएको अवस्थामा भेटायौ’ उनले भने ।

पिन्टु र छोरीको प्रेम सम्बन्ध रहेको र ४ महिना अघि दुबैलाईसंगै आफूले समेत भेटेको उनले बताए । त्यति बेला आफूले पिन्टु र छोरी दुबैलाई हप्काएको र पिन्टुलाई एक दुई झापड समेत हानेको उनले बताए। आफूले पिन्टुलाई छोरीसंग आईन्दा नभेट्न र हानेको झापडले गर्दा त्यही कुराको बदला लिन पिन्टुसहित ४ जनाले छोरीको हत्या गरेको गफ्फारको दाबी छ ।

गफ्फारका अनुसार छोरीको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको र रुखको हांगामाथि हात थियो। चप्पल समेत लगाएको अवस्थामा, खुट्टामा हिलो लागेको र पासो समेत पुरा नबाधिएको अवस्थामा शव रहेको थियो। ‘हातको ठीक माथि रुखको हांगा हुनु र चप्पल समेत खुट्टा मै हुनुले पनि छोरीको हत्या गरिएको हो’ उनले भने ।

उता पिन्टुलको परिवारले भने युवतीले आफैले आत्महत्या गरेको दाबी गरेका छन् । प्रेम सम्बन्धलाई परिवारले अस्विकार गरे पछि आबेगमा आएर सबनमले आत्महत्या गरेको र आफूहरुलाई त्यसै फसाउन खोजिएको उनीहरुको भनाई छ ।

जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले पोस्टमर्टको रिपोर्टमा झुण्डीएर आत्महत्या गरेको प्रतिवेदन स्वास्थ्य कार्यालय कपिलवस्तुबाट आएको बताए । अधिकारले भने पिडक र पिडीत पक्ष भन्ने कुरा पक्ता लगाउने अदालतल गर्ने कुरा हो हामीले घटनाको बारेमा सोधपुछ र अनुसन्धान निरन्तर गरिरहेका छौ ।

उता अधिकारकर्मी मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले उक्त घटनाको निष्पक्ष छानविन गर्नु पर्ने बताए हामिले घटना घटेपछि प्रेस विज्ञप्ती निकालेर सम्वन्धीत पक्षको ध्यान आर्कर्षण गराऔ तर परिवारको कुरा र पोष्टमार्टको नतिजाले घटनामा शंका थपेको उनले बताए ।

आफुले स्थलगत अनुगमन गर्दा घटनाको प्रकृति हेर्दा हत्या गरि झुण्डाइएको जस्तो देखिन्छ घटनाको सुष्म अध्ययन गर्नुपर्ने आफुहरुको माग रहेको छ । मृतक किशोरीको परिवारले भने मिलोमतोमा पोष्टमार्टम रिर्पोटमा आत्महत्या गराएको आरोप लगाएका छन् । हत्याको दिन राति कुकुर भुकेको र सो बेला उक्त किशोरीलाई लिएर गएको एक जनाले देखेको तर आफुलाई समस्या पर्ने भएकोले पछि उनले उक्त कुरा सार्वजनिक नगरेको समेत परिवारजनको भनाइ छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७ बिहिबार ००:००  ६ : ५१ बजे