१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

महाराजगञ्जका प्रत्येक वडामा वर्थिङ सेन्टर



मणि प्रसाद गैह्रे, तौलिहवा ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाले प्रत्येक वडामा रहेका स्वास्थ्य चौकिहरुमा वर्थिङ सेन्टर स्थापना गरि संचालन गर्ने भएको छ । सोही अन्र्तगत शुक्रबार नगरपालिकाको वडा नं ६ भलवारीमा रहेको स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरको उद्घाटन गरिएको छ ।

नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँले एक समारोहका बीच वर्थिङ सेन्टरको उद्घाटन गरे । उद्घाटन गर्दै खाँले घरदैलौमा स्वास्थ्य सेवा तथा डेलिभरिको लागि प्रत्येक स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर स्थापना गरि संचालन गर्ने लक्ष्य अनुसार वर्थिङ सेन्टर सन्चालनमा ल्याएको बताए ।

हालसम्म ५ वटा स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर संचालनमा आएको र बाँकी वडामा पनि यसलाई निरन्तरता दिने प्रमुख कलामले बताए । वरईपुर, वलरमवापुर र कजरहवामा समेत भवन निर्माण अन्तिम चरणमा पुगेकोले २ महिनामा उक्त स्थानमा वर्थिङ सेन्टर संचालनमा ल्याउने उनले बताए ।
वर्थिङ सेन्टर उद्घाटन गरेकै बेला स्थानीय इटेल गाउँकी ३० बर्षीया माया यादवले छोरीको जन्म दिएकी छन् । पहिलो सेवाग्राही भएकाले उनलाई नगरपालिकाले सम्मान समेत गरेको छ ।

सो अबसरमा नगर उपप्रमुख शोभावती कुर्मी, वडा अध्यक्ष हेमन्त कुमार चौधरी, वडा नं ७ का अध्यक्ष अब्दुल समद, वडा नं ५ छेदी कुमार कुर्मी, स्वास्थ्य संयोजक राधेश्याम कलवार लगायतले स्वास्थ्य सरसफाईको बारेमा बोलेमा थिए ।

गाउँमै महिलाहरुको डेलिभरी हुने भएपछि टाढा लैजान पर्ने समस्या हट्ने र तत्काल स्वास्थ्य सेवा मिल्ने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७ शुक्रबार ००:००  ६ : ४५ बजे