१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

आजबाट बुटवल–पाल्पा सडक दैनिक ४ घण्टा बन्द



बुटवल ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड आजबाट दैनिक चार घण्टा बन्द हुने भएको छ । झुम्सा–दोभान खण्डमा सडक कालोपत्रे गर्ने भएपछि आजदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
बिहान १०ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए। ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन्। घुम्तीका कारण अत्यधिक दुर्घटना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने कामलाई बढाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७ आइतबार ००:००  ७ : ३४ बजे