८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

वैरियाको कोरियन थेरापी सेन्टर खुल्यो, रोग प्रतिरोधात्मक क्षमता बढाउने होइन त?




मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा संचालित कोरियन थेरापी सेन्टर खुलेको छ । वडा नम्बर १ वैरियामा कपिलवस्तु केयर ट्रेडको रुपमा संचालित थेरापी सेन्टरमा कोरियन पद्धतीको थेरापी मेसिनबाट निशुल्क बिभिन्न रोगहरुको प्राकृतिक उपचार भइरहेकोमा कोरोनाका कारण बन्द थियो । तर सेन्टरमा आउने सेवाग्राहीहरुले खोल्नु पर्ने माग गरेपछि पुनः सुरु गरिएको सेन्टरका प्रबन्धक राजन भुसालले बताउनु भयो ।

मुख्य गरी ढाड तथा नशाको समस्या भएका, सुगर, प्रेसर बढी भएका, प्यारालाइसिस लगायतका रोगबाट पीडित भई हिँडडुल गर्न नसक्ने आदिको लागि सेन्टरमा कोरोरियन पद्धतीको अत्याधुनिक मेसिनबाट निशुल्क थेरापी गर्ने ब्यवस्था रहेकाले मौकाको फाइदा उठाउन भुसालले आग्रह गर्नुभयो । मेसिनले बिभिन्न स्वास्थ्य समस्या भएकाहरुलाई निको बनाउने, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाको बढाउने र स्वस्थ मानिसलाई झन् स्वस्थ बनाउन सघाउ गर्ने भुसालले बताउनु भयो ।

दैनिक ३ सय जनासम्म भार थेगी थेरापी भइरहेको अवस्थामा कोरोनाको कारण भएको लकडाउनले बन्द हुनु पर्दा बन्द गर्नु परेको थियो । यसले गर्दा धेरै नोक्सानी भएको उहाँको भनाई छ । तिहार अगाडी खोल्नु पर्ने भनिए तापनी कोरोनाको महामारी कायमै रहेका कारण ढिलो गरी सुरु गरिएको उहाँ बताउनु हुन्छ । अब पुरै स्वास्थय मापदण्ड तथा ब्यक्तिगत दुरीका कायम गरी थेरापी सेवा दिइने भुसालले बताउनु भयो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट गुणस्तर मान्यता प्राप्त थेरापी मेसिनले जादुमयी ढंगबाट काम गर्ने भएको हुँदा छोटै समयमा यस क्षेत्रका सर्वसाधारणले सेवाप्रति विश्वास गरेकोमा भुसालले धन्यबाद दिनुभयो । उहाँले सर्वसाधारणमा बालकदेखि वृद्धसम्म जोकोहीलाई पनि निशुल्क थेरापी गर्न दिइने र मेसिन उपयोगी लागेपछि सेवाग्राहीले खरिद गरी लैजान सक्ने जानकारी दिनुभयो । सेन्टर दैनिक विहानदेखि साँझसम्म खुल्ने छ ।सो सेन्टरमा थेरापी संगै जीवन रुपान्तरणसम्बन्धि ज्ञान र प्रेरणा पनि दिने गरिन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७ आइतबार ००:००  १ : २६ बजे