१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

गुरु नानकको ५ सय ५१ औँ जन्मजयन्ती आज मनाइँदै



काठमाण्डौ ।

शिख धर्मका प्रवर्तक गुरुनानकको ५ सय ५१ औँ जन्मजयन्ती आज मनाइँदैछ । गुरुनानकको जन्म विक्रम संवत् १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले रचना गर्नुभएको ‘गुरु ग्रन्थ साहिब’ शिखहरूको पवित्र धार्मिक ग्रन्थ मानिन्छ ।

शिख समुदायले हरेक वर्ष कार्तिकशुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजाअर्चना तथा विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा शुभकामना दिँदै सामाजिक न्याय, समानता र भातृत्व कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७ सोमबार ००:००  ७ : ५४ बजे