१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कपिलवस्तु नगरपालिकामा ८३ ईलेक्ट्रिक स्प्रे टंकी र १३ चापकटर प्रदान



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले किसानहरुलाई ईलेक्ट्रिक चापकटर र स्प्रे टंकी उपलब्ध गराएको छ । तौलिहवास्थित नगरपालिकाको हाता भित्र ८३ वटा स्प्रे टंकी र १३ वटा चापकटर मेशिन उपलब्ध गराएको हो ।

नगर प्रमुख किरण सिंह र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल वडा नम्बर ५ का वडाध्यक्ष दिरेप कुमार चौधरीले किसानहरुलाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मेयर सिंहले नगरपालिकाले कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेको बताए । उनले कृषि क्षेत्रलाई ब्यवस्थित रुपमा अघि बढाउनु पर्ने बताए ।

किसानहरुलाई ब्यवसायिकरुपमा अघि बढ्न नगरपालिकाले साथ दिने उनले बताए । ६ हजार मुल्यको स्प्रे टंकीमा किसानहरुको एक हजार लगानी रहेको नगरपालिका कृषि शाखाका प्रमुख भगवानदास गुप्ताले बताए ।

यस्तै ४५ हजार मूल्यको चापकटरमा नगरपालिकाको ६० प्रतिशत अनुदान र ४० प्रतिशत कृषकको लगानी रहेको नगरपालिका पशु सेवा शाखाका प्रमुख केशव प्रसाद हरिजनले बताए ।

प्रकाशित मिति : २० पुस २०७७ सोमबार ००:००  ६ : ३३ बजे