३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

शितगंगाका सुत्केरी महिलालाई पोषण खानेकुरा



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगामा सुत्केरी महिलाहरूलाई पोषण खानेकुरा बितरण गरिएको छ । शितगंगा नगरपालिका वडा नं. ६ का ४५ जना सुत्केरी महिलालाई वडा अध्यक्ष ऋषि रेश्मीमगरले प्रति सुत्केरी महिला २ क्रेट अन्डा २ पोका खाने तेल वितरण गर्नु भएको हो ।

सुत्केरी भएको बेला महिलाहरूलाई तंग्रिन पोषणतत्वको आवश्यक पर्ने भएकाले वडा कार्यालयले त्यस्ता महिलाहरूको पहिचान गरि पोषणयुक्त खानेकुरा उपलब्ध गराईएको वडा अध्यक्ष रेश्मीमगरले बताउनु भयो ।

सुत्केरी हुँदा स्वास्थ्य अवस्था नाजुक भएको बेला यसरी पोषण खानेकुरा पाउँदा मनमा खुसी लागेको शितगंगा ६ पानीका खोला निवासी रिना बिकले बताउनु भयो । बिक मात्र होइन स्थानीय कल्लेरी निवासी मसुरा नेपाली र खमारी निवासी सरिता भाट लगायतका सुत्केरी महिलाहरू पनि पोषण खानेकुरा पाउँदा खुसी भएमा छन् ।

वडा अध्यक्ष मगरको अध्यक्षता, कार्यालय सचिव हिमलाल भुसालको संचालनमा सम्पन्न कार्यक्रममा सम्पुर्ण वडा सदस्यहरू, स्थानीयबासीको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  ६ : ३४ बजे