१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बुद्धभूमीमा भोलि निशुल्क आँखा उपचार हुने



मायादेवी अनलाइन, जितपुर ।

बुद्धभूमी नगरपालिकाले भोलि निशुल्क आँखा शिवर संचालन गर्ने भएको छ । भोलि बिहान १० बजे नगरपालिकामा निशुल्क आँखा उपचार संचालन हुने नगरपालिकाका प्रवक्ता पवन चौधरीले जानकारी दिनुभयो ।
छन्द काले बाबु आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा उपचार गरिने भएकाले आँखा सम्बन्धी समस्या भएका नगरवासिलाई उपचारका लागि आउन आग्रह गर्नुभयो ।
नगरपालिकाले प्रत्येक शनिबार निशुल्क आँखाको उपचार गर्ने भएकाले सेवालिन आग्रह गर्नुभयो । निशुल्क आखाँ उपचार कार्यक्रमले नगरभित्रका विपन्न परिवार लाभान्वित हुनेपनि उहाले बताउनुभयो ।

प्रकाशित मिति : ३ भाद्र २०७८ बिहिबार ००:००  ५ : ४३ बजे