१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फोहोर ब्यबस्थापनबारे सरोकारवाला बीच अन्तरक्रिया



बाबुराम रायमाझी, भलवाड ।

वाणगंगा नगरपालिकाले फोहोर ब्यबस्थापनको लागि फोहोर प्रशोधन केन्द्रको प्रारम्भीक चरणका विषयमा भलवाडका स्थानीय सरोकारवाला बीच अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेब खनालले कार्यक्रमको विषयवस्तु माथि प्रकाश पारेका थिए । कार्यक्रममा बिज्ञको अध्ययन बिना वडा न ९ को पश्चिम तर्फ फोहोर डम्पिङ गर्ने बिषयमा भलवाडका स्थानीय सरोकारवालाको व्यापक असहमति रहेकोे थियोे ।
नगरका प्रमुख मंगल प्रसाद थारुले नगरले फोहोर ब्यबस्थापन, बस पार्क निर्माण, चक्रपथको अबधारणा जस्ता बिषयहरु नगरका गौरवका योजना रहेको बताउदै वडाले सरोकारवालासंग समन्वय गरि कार्य गर्न सुझाब दिएका थिए ।
कार्यक्रममा नगर उप प्रमुख चक्र अर्यालले जिल्ला डिभिजन कार्यलय संग परामर्श भै प्रारम्भिक चरणमा समुदायमा पार्ने दिगो प्रभाव असर र प्रसोधन केन्द्रबाट हुने रोजगारका बारेमा बोलेका थिए ।
अन्तरक्रिया कार्यक्रममा समाजसेवी राजु खडका, कमल बेल्बासे जित बिकास रायमाझी, राजु अर्याल, दिपक थापा, धुर्ब रायमाझी, हरिराज घिमिरे हुमलाल पौडेल, कमल पौडेल, जंजिर थारु, कुन्तामणि भुसाल लगायतले धार्मिक पर्यटकिय क्षेत्र र बाताबरणिय पर्यावरणलाई दीर्घकालीन असर नपर्ने गरि कार्य गर्ने जस्ता महत्त्वपूर्ण राय दिएका थिए । कार्यक्रम नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता र वडाध्यक्ष धुर्ब बेल्बासेको संचालनमा भएको थियोे ।

प्रकाशित मिति : ३ भाद्र २०७८ बिहिबार ००:००  ५ : ४९ बजे