मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा प्रदेश सांसद विष्णु पन्थीले थप स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । कोरोना भाइरससंग पहिलो पंक्तिमा काम गर्ने कपिलवस्तुका स्थानीय तहका स्वास्थ्य संस्थालाई ३१ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) प्रदान गनुभएको हो । पटक-पटक कोरोनाविरुद्धका स्वास्थ्य सामग्री वितरण गर्दै आउनुभएका सांसद पन्थीले जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय, संचार संस्था…