१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

हुम्लामा वर्षाका कारण मतदानमा ढिलाइ

काठमाण्डौ ।हुम्लामा वर्षाका कारण मतदान प्रक्रियामा केही समस्या भएको छ । पानी परिरहेका कारण नाम्खा गाउँपालिकाको महाबौद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कैलाश र स्वयम्भू आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख मुक्तिनन्द रावलले जानकारी दिनुभयो । मौसममा सुधार आउनसाथ त्यहाँ चुनावी प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो ।…