मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ३ बजेतिरदेखि ४ घण्टासम्म कपिलवस्तुसहितका स्थानमा वर्षा भएको हो । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा आइपुगेको छ । यसकै असरले अहिले वाग्मतीसहित, प्रदेश २, प्रदेश…