काठमाडौं । आज वैशाख १२ गते । ५ वर्ष अघि आजकै दिन देशले महाभूकम्पको त्रासदी भोग्नुपरेको थियो । २०७२ को महाभूकम्पबाट झण्डै ९ हजार मानिसले ज्यान गुमाएको तथ्यांक छ । २२ हजार मानिस घाइते भएको भूकम्प गोरखाको वारपाक केन्द्र बिन्दु भएर गएको थियो । ७.८ म्याग्निट्युडको भूकम्पले ठूलो जनधनको क्षति पुर्यायो । देशका पुरातात्विक क्षेत्रमा…