गोरखा, १४ भदौ । गोरखाको गण्डकी गाउँपालिका( ४, पहरेपानीकी ५२ बर्ष्कि सन्नानी भट्टको चटयाङले लागेर ज्यान गएको छ । मंगलबार साझ परेको चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बाख्राको खोरमा घासपात गरिरहेका बेला भट्टलाई चट्याङ लागेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताउनु भयो ।