२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

ढोरपाटन ।डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो ठाउँ-ठाउँमा मिल थिएनन् । जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई-तीनवटा मिल सञ्चालन गर्न थाले । मिलले कुट्ने र पिस्ने…