मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगामा जारी महायज्ञ सकिन अब एक दिन मात्र बाँकी छ । मंसिर ११ गतेदेखि वाणगंगा २ नन्दनगरस्थित कैलाश आश्रम धाममा सुरु भएको श्रीमद्भागवतमहापुराण कथा प्रवचन, श्री वराहपुराण अनुष्ठान तथा २८ औँ धनधान्याचल ज्ञान महायज्ञ सोमबार सकिन लागेको हो । गुरुकुलम संचालको लागि आयोजना भएको महायज्ञमा आइतबारसम्म हजारौँ भक्तजनले दर्शन गरेका…