काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आँपको बिरुवा रोपेर जन्मदिन मनाएका हुन् । प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको बिरुवा रोपेको उनको निजी सचिवालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेकी छन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले…