१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

फोहोर लुम्बिनी देख्दा के भन्लान् पर्यटकले

लुम्बिनी ।बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ। बुद्ध जन्मस्थल तथा अन्तराष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक प्रभाव परेको छ। सडेगलेका वस्तुमात्र नभई नसडेका र त्यही स्वरुपमा काम नलाग्ने अन्य वस्तुहरु जताततै अव्यवस्थित रुपमा फालिएकाले जनस्वास्थ्य, पर्यावरण…