काठमाडौं ।अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश डा। श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । आफैँले कानुनी र नैतिकरूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमवार राजीनामा दिनुभएको हो । उहाँले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मान्छेहरू न्याय परिषदमा नियुक्ति हुने गरेको आरोप लगाउनुभयो ।…