काठमाडौं ।निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवाहरूलाई बुधबारदेखि लागू हुनेगरी भाडादर घटाउन निर्देशन दिएको हो । भाडादर घटाएसँगै काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँले घटेको छ । नयाँ भाडादरअनुसार यो गन्तव्यका लागि ४ हजार ५०५ रूपैयाँ…