मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ ख २३९७ नम्बरको बसलाई…