मायादेवी अनलाइन, वाणगंगा ।गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम कपिलवस्तुको वाणगंगा नगरपालिकामा सार्वजनिक भएको छ । लगातार ६ दिनको मतगणना पश्चात सार्वजनिक भएको मतपरिणाम अन्तर्गत नगर प्रमुखमा नेकपा (एमाले)का उम्मेद्वार चक्र अर्याल निर्वाचित भएका छन् । ६ सय ३९ मतान्तरका साथ अर्यालले नेपाली कांग्रेसका उम्मेद्वार रविराज आचार्यलाई पराजित गरेका हुन् ।…