२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

बुद्धभूमिका जनप्रतिनिधिले राखे एक महिनाको सेवासुविधा राहत कोषमा

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधिले आफुले सेवासुविधा वापत पाउने एक महिनाको सम्पूर्ण रकम नगरले खोलेको विपत कोषको खातामा जम्मा गर्ने भएका छन् । यो निर्णय दुई हप्ता अगाडी नै गरेको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले…