बाँके । ‘फोहोरी शहर’ को विशेषण लाग्ने गरेको नेपालगञ्ज अहिले सफासुग्घर शहरका रुपमा परिष्कृत हुँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र) ले फोहरलाई प्राङ्गारिक मलका रुपमा ‘मोहर’ बनाउन थालेपछि नेपालगञ्ज सफासुग्घर शहरका रुपमा परिष्कृत हुँदै गएको हो । ‘टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्छन् र ल्याण्डफिल साइटमा रहेको…