परासी । पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाउन राष्ट्रिय राजमार्ग बन्द गर्ने घोषणा गरेका छन् । एक वर्षअघिको रकम अहिलेसम्म नपाएको भन्दै उनीहरूले शुक्रबारदेखि पूर्वपश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका हुन् । किसानहरूले विहीबार गोपीगञ्जमा पत्रकार सम्मेलन गरी चाडपर्व नजिकिँदै गएको र फेरि उखु बिक्री गर्ने समय नजिकिँदै गर्दासमेत गत वर्षको रकम दिन उद्योगहरूले आलटाल…