काठमाण्डौ । गर्मी मौसमको सुरुवातसँगै लामखुट्टे सक्रिय हुन थालेका छन् । लामखुट्टे फरक–फरक किसिमका हुन्छन् । फरक प्रजातिका लामखुट्टेले फरक रोग सारिहेका हुन्छन् । लामखुट्टेले रोगी मानिसको शरीरबाट ल्याएको कीटाणु स्वस्थ मानिसमा सार्ने गर्छ । सामान्यतया लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगु, पित्त ज्वरो, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले र कालाजारजस्ता सरुवा रोग सर्ने गर्छ । अब जानौँ, लामखुट्टेको टोकाइबाट सर्ने प्रमुख रोगबारे मलेरिया…