लुम्बिनी ।लुम्बिनी प्रदेशका विभिन्न क्याम्पस तथा कलेजमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मिश्रित परिणाम सार्वजनिक भएका छन्। तानसेन समाचारदाताका अनुसार पाल्पाका चार क्याम्पसमा कतै निर्वाचनमार्फत त कतै सर्वसम्मतबाट स्ववियु पदाधिकारी चयन भएका छन्। मुलुककै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सर्वसम्मत रूपमा स्ववियुको निर्वाचन सम्पन्न भएको छ। यस क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा…