नेपालगञ्ज । कोरोना संक्रमणका कारण नेपालगञ्जका ४७ वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ९ का ४७ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। मधुमेहको समस्या रहेका उनको भदौ २९ गते स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो।…