मायादेवी अनलाइन, वाणगंगा । शनिबारबाट देशका सबै पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ । आइतबार सम्म चल्ने कार्यक्रम अन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्बान्डाजोल), ६ महिनादेखि दुई वर्ष्भित्रका चार लाख बालबालिकालाई बालभिटा खुवाइने कार्यक्रम रहेको छ…