गुल्मी, असोज ९ । सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडकखण्ड बिहानदेखि अवरुद्ध बनेको छ । रेसुंगा नगरपालिका–१३ दुविचौर नजिकै भँगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछिसडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडौं जाने गाडी बिच बाटोमै अलपत्र परेका छन् ।