कृष्णनगर, १२ साउन । भारतसँग सीमा जोडिएको कपिलवस्तुको कृष्णनगरमा अहिलेसम्म बस पार्किङ नहुँदा अस्तव्यस्त बनेको छ । नेपाल–भारत आवतजावत गर्ने मुख्य नाकाको रुपमा मानिने कृष्णनगरमा व्यवस्थित पार्किङ नहुँदा मुख्य चोक आसपासमै आधा सडक छेकेर सवारीहरु यत्रतत्र रोकिन बाध्य भएका छन् । आधा सडक छेकिने गरी सडक छेउछाउमा यातायातका सवारी साधन पार्किङ गरिँदा कृष्णनगर बजार वर्षौंदेखि…