भुपाल थापा, कपिलवस्तु । बडादशै अन्तर्रगत नवदुर्गाको अवसर पारि कपिलवस्तुको विभिन्न स्थानका चोक चोकमा पुजाको रुपमा राखिएको दुर्गाको मूर्तीलाई शनिबारदेखि विर्सजन गर्न थालिएको छ । विशेष गरी तराई क्षेत्रका समुदायले नवदुर्गा भरी दुर्गालाई बिशेष तरीकाले मुख्य मुख्य बजारमा राखि पुजाआजा गर्ने गर्दछन् । मुख्य चोक चोकमा दुर्गा भवानीका मुर्ति राखि पुजा गर्नाले धेरै दर्शनार्थीले अवलोकन…