मायादेवी अनलाइन । नवरात्रको छैटौं दिन आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप छैटौं रूप कात्यायनीको पूजा–आराधना गर्ने परम्परा रहेको छ। कात्यायनीको उत्पत्तिबारे पुराणमा यस्तो कथन पाइन्छ, कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका…