मायादेवी अनलाइन, वाणगंगा । चाडपर्वको मौका छोपी कपिलवस्तुको वाणगंगा नदीबाट नदीजन्य पदार्थको चोरी निकासी गर्ने क्रम बढेको छ । रातको समयमा नदीजन्य पदार्थको चोरी निकासी बढेको सर्वसाधारणले बताएका छन् । वाणगंगा नदीमा पर्ने विभिन्न नाकाबाट रातभर चोरी निकासी हुने गरेको स्थानीयले बताएका छन् । सोही क्रममा गएराती शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प पिपराको सकृतामा…