१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु सहित पश्चिमाञ्चलमा पेट्रोल अभाव

मायादेवी अनलाइन, कपिलवस्तु, २७ साउन । पेट्रोलियम डिलर्स एशोसियसनमा आवद्ध व्यवसायीले पेट्रोल खरिद नगरेपछि कपिलवस्तु लगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलको अभाव भएको छ । बिक्रेताको बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको अनुसारकै परिमाण प्राप्त हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका कारण बजारमा तेलको अभाव भएको हो ।…