१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

गुल्मी–२ मा ४ बजेबाट मतगणना सुरु हुने

गुल्मी । गुल्मी क्षेत्र नम्बर– २ मत गणना दिउँसो ४ बजेबाट सुरु हुने भएको छ । केहीबेर अघि सकिएको सर्वदलीय बैठकले अपरान्ह चार बजेबाट मत गणना सुरु गर्ने सहमति बनेको हो । सो क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।