काठमाडौं ।जनतासँग माओवादी विशेष रूपान्तरण कार्यक्रममा २५ लाख मतदातासँग अन्तर्क्रिया गर्ने नेकपा माओवादीले जनाएको छ। घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारासहित शनिबारदेखि सुरू हुने अभियानमा माओवादीका अध्यक्षदेखि साधारण सदस्यसम्म जनताको घर दैलोमा खटिनेछन्। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासम्म पुग्ने बताए। २०६४ सालको…