काठमाडौं ।युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्यो। इटालीले आत्मघाती गोलको सहाराबाट खेलमा अग्रता लियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए । ६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे । ७९ मिनेटमा इनसाइनले…