एजेन्सी । च्याम्पियन्स लिगमा रोनाल्डो सम्मिलित युभेन्टसले चमत्कार गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडमाथि ३–० को शानदार जित निकाल्दै इटालियन च्याम्पियन युभेन्टसले समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा २–० ले पराजित भएपछि युभेन्टसको च्याम्पियन्स लिग यात्रा लगभग टुंगियो…