६ असार २०८३, शनिबार | Sat Jun 20 2026

विमानस्थलभित्र योगेशले नियम बनाए, प्रचण्डले लत्याए



काठमाण्डौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलभित्र अति विशिष्ट व्यक्ति, भिभिआपीलाई मात्र जहाजसम्म गाडी लिन दिने नियम लागू गरेको एक महिना नपुग्दै उल्लंघन भएको छ।

मन्त्री भट्टराईको घोषणाअनुसार विमानस्थल कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र तिनका विदेशी समकक्षीलाईमात्र जहाजसम्म गाडी लिन पाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त नियम उल्लंघन गरेका छन्।

दोलखाको जिरी जान हेलिकप्टर चढ्न जाँदा प्रचण्डले गाडी हेलिप्याडसम्मै लिएका छन्।

प्रचण्डको गाडी हेलिकप्टरसम्मै गएको विषयमा विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले हवाइ कम्पनीको गाडीमा जान पाइने भए पनि अरू गाडी लिन नपाइने बताए। ‘गाडी जान दिनेरनदिने प्रहरीले हेर्छ,’ उनले भने।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  १० : १५ बजे