१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

एकीकृत समाजवादी कपिलवस्तुको अध्यक्षमा गीता अन्जान

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको अध्यक्षमा गीता अन्जानले जिम्मेवारी पाएकी छिन् । शनिबार सम्पन्न भएको जिल्ला सचिवालय बैठकले जिल्ला अध्यक्षसहितका पदाधिकारी हेरफेर गरेसँगै अन्जानले अध्यक्षको जिम्मेवारी पाएकी हुन् । उनी यसभन्दा अगाडि जिल्ला उपाध्यक्ष थिइन् । अध्यक्षको जिम्मेवारीमा रहेका लंक बहादुर हमालले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको भूमिका पाएपछि अन्जानलाई अध्यक्ष बनाइएको हो…