५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कुलोमा डुबेर कपिलवस्तुमा एक जनाको ज्यान गयो

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुमा कुलोमा डुबेर एक जना पुरुषको ज्यान गएको छ । मृत्यु हुनुमा जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. १ विरपुर निवासी ३२ बर्षीय हरि बहादुर थापा हुन् । छारे रोगबाट ग्रसित थापा शनिबार कुलोमा डुबेको स्थानीयले बताएका छन् । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।